scheduleसोमवार आश्विन ५ गते, २०७७

साउदी अरबको विदेशी कोषमा २० वर्ष यताकै गिरावट

एजेन्सी, १९ जेठ । साउदी अरबमा २० वर्ष यताकै विदेशी कोषमा गिरावट आएको छ । कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावका कारण साउदीमा लगातार दोस्रो महिना विदेशी कोषमा कमी आएको हो ।

साउदी अरब सरकारका अनुसार मार्चा र अप्रिल महिनामा झन्डै ४० अर्ब विदेशी भण्डारबाट नागरिकका लागि विनियोजन गरिएको छ ।

साउदी अरबको मौद्रिक प्राधिकरणले मार्चमा साउदी अरबको शुद्ध विदेशी सम्पत्ति ४ सय ६४ दशमलव ६४ बिलियन अमरीकी डलर थियो जुन अप्रिलमा घटेर ४ सय ४३ दशमलव ७५ बिलियन डलरमा झरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय