scheduleशनिवार आषाढ़ २० गते, २०७७

थानकोट प्रहरीद्वारा लकडाउनमा १४ सय लिटर भन्दा बढी घरेलु मदिरा नष्ट

काठमाडौं, १९ जेठ । महानगरीय प्रहरी बृत्त थानकोटले लकडाउनको अवधिमा १४ सय लिटर भन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ ।

लकडाउनको अवधिमा घरेलु मदिरा बनाउने २३ स्थानमा छापा मारेको र १४ सय १० लिटर बढी घरेलु मदिरा नष्ट गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिए ।

सो क्रममा १६ हजार ७ सय लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरिएको पनि उनले जानकारी दिए ।

चन्द्रागिरी नगरपालिका लगायतका स्थानमा शान्ति सुरक्षा कायम गर्नका लागि बृत्त निरन्तर लागिपरेको उनले बताए ।

भिडियोमा पनिः

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय