scheduleमगलवार आषाढ़ २३ गते, २०७७

चिकित्सक माथि हातपात गर्ने दोषीलाई तत्काल कारबाहीको माग

एसपी यादव ।

सर्लाही,  १९ जेठ । सर्लाही जिल्ला अस्पतालका चिकित्सकले अस्पतालमा ड्युटीमा रहेका चिकित्सक माथि हातपात गर्ने दोषिलाई तत्काल कारबाहीको माग गरेका छन् । उनीहरुले हातमा कालो पट्टी बाँधेर विभिन्न नारा लेखिएको प्लेकार्ड बाेकेर घटनाकाे  विरोध गरेका छन् ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए ।

चिकित्सक माथि हातपात गर्ने दोषिलाई तत्काल कारबाहीको माग गर्दै चार दिनदेखि निरन्तर भइरहेको आन्दोलनको समर्थनमा आफूहरु पनि आन्दोलनमा उत्रिएको मेसु डाक्टर सन्जिव सिंहले बताए ।

नेपाल मेडिकल कलेजका अस्पताल प्रशासनले सुरक्षाको प्रत्याभुति गराउनुको साटो सिसिटिभी फुटेज लगायत प्रमाण नष्ट गरेको आरोप लागेको छ । कारबाही प्रक्रियामा असहयोग गरेको भन्दै आइतबार अस्पतालको प्रशासनमा तालाबन्दी गरिएको हो ।

सर्लाही जिल्ला अस्पतालका डाक्टर रवि यादवले भने, ‘ड्युटीमा रहेका चिकित्सक माथि हातपात भएको छ । त्यो प्रमाण अस्पतालको सिसिटिभी फुटेजमा थियो । तर अस्पतालले सिसिटिभी फुटेज डिलिट गरेर प्रमाण नष्ट गरेका छन् । हामीले दोषिलाई कारबाहीको माग मात्र गरेका छौं । हामी सुरक्षित नभई कसरी काम गर्ने ?’

जेठ १४ गते उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए। अस्पतालका चिकित्सकको आन्दोलन र मागप्रति सबैतिरबाट समर्थन आइरहेको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय