scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

सर्लाहीमा कोरोना संक्रमित १०९ जना पुगे, एकैदिन ३८ जनामा पुष्टि

एसपी यादव ।

सर्लाही, १९ जेठ । सर्लाहीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार आएको पिसिआर रिपोर्ट अनुसार साेमबार एकैदिन ३८ जनामा काेराेना पुष्टि भएसँगै कुल संक्रमितकाे संख्या १०९ पुगेकाे छ ।

सर्लाहीको सदरमुकाम मलङ्ग्वा देखि उत्तरी क्षेत्रमा पर्ने कविलासी नगरपालिकामा ३६ जना र हरिपुर नगरपालिकामा २ जना गरी जम्मा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताएका छन् ।

केही दिनअघि भारतबाट आएका उनिहरुलाई पालिकाको क्वारेन्टाइनमै राखिएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सदरमुकाम मलङ्ग्वाको आइसोलेशन वार्डमा ठाउँ नभएकोले उनिहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा छ्लफल भइरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

सर्लाहीमा एकैदिन सवैभन्दा बढी कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे । यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या १०९ पुगेको छ । यसअघि सर्लाहीमा ७१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय