scheduleसोमवार आषाढ़ २९ गते, २०७७

जनकपुरधामस्थित क्वारेन्टाइनमा बसेकाहरु भोक हड्तालमा उत्रिए

जनकपुरधाम, १९ जेठ । भारतबाट नेपाल प्रवेश गरी जनकपुरधामस्थित क्वारेन्टाइनमा बसेकाहरुले आफुहरुलाई पशुतुल्य व्यवहार गरेको भन्दै भोक हड्तालमा उत्रिएका छन् ।

उनीहरुले क्वारेन्टाइनमा व्यवस्थित शौचालय, लामखुट्टेको औषधि छर्कनुपर्ने, पौष्टिक खाना खुवाउनुपर्ने, समयमा खाजा, खाना र तातो पानीको व्यवस्थापन हुनुपर्ने लगायत माग राखेका छन् ।

उनीहरु जनकपुरधाम उप–महानगरपालिकाले गोपाल धर्मशाला स्थित बनाइएको क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनमा सुरक्षादेखि खाना व्यवस्थापन नहुँदा उनीहरु भोकै बस्नुभन्दा भोक हड्तालमा बस्नु उपयुक्त ठानेको जनकपुर ६ का निरज साहको भनाइ छ ।

कोरोनाको पोजिटिभ रिपोर्ट आइसकेकालाई समेत क्वारेन्टाइनमा सम्भावित संक्रमितसँगै राखेर थप जोखिममा पारेको भन्दै उनीहरुले बिरोध जनाएका हुन् ।

उनले धर्मशालाको साना कोठामा तीन जना खाँदिएर बस्नुपर्दा अझ कोरोनाको संक्रमण भन्दा पनि क्वारेन्टाइनको अस्तव्यस्तलाले जोखिममा पारेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय