scheduleसोमवार आषाढ़ २९ गते, २०७७

पूर्वप्रेमी रणवीर कपूरसँगको रोमान्टिक तस्बिर शेयर गरेपछि …


एजेन्सी, २० जेठ । लकडाउनको समयमा दीपिका पादुकोण र श्रीमान् रणवीर सिंह सामाजिक सञ्जालमा खूब सक्रिय देखिएका छन् । दुबैले तस्विरहरु शेयर गरिरहन्छन् र समय समयमा सामाजिक सञ्जालमा नै एक अर्कालाई उडाइरहन्छन् ।

यसबीच सामाजिक सञ्जालमा दीपिकाले पूर्व प्रेमी रणवीर कपुरसँगको एउटा रोमान्टिक तस्विरलाई शेयर गरेका छन् । उक्त तस्विरमा श्रीमान् रणवीर सिंहले पनि रियाक्शन दिएका छन् ।

फिल्म ‘ये जवानी है दिवानी’ ले सात वर्ष पुरा गरेको अवसरमा दिपिकाले रणवीरसँगको उक्त तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

यो फिल्म दिपिकाको करियरमा निकै नै महत्वपूर्ण कोशेढुंगा साबित भएको थियो । बक्स अफिसमा यो फिल्मलाई दर्शकहरुले खूब मन पराएका थिए । फिल्ममा दिपिकाको अपोजिटमा रणवीर कपुर देखिएका थिए । दिपिकाले फिल्मको लुक टेस्टको तस्विर साझा गरेकी थिइन् ।

उक्त तस्विरमा श्रीमान् रणवीर सिंहले कमेन्ट गर्दै लेखेका छन्, ‘क्युट’ ।

फिल्मले सात वर्ष पुरा गरेको अवसरमा निर्माता करण जोहर पनि भावुक भएर सामाजिक सञ्जालमा पोस्ट साझा गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय