scheduleसोमवार आषाढ़ २९ गते, २०७७

छ वर्षमा ७ हजार ६ सय ६६ अश्वेत अमेरिकी प्रहरीको शिकार


एजेन्सी, २० जेठ । अश्वेत भनिने कालाजातीहरुमाथि अमेरिकी प्रशासनले बर्बरता अप्नाएको कारणलाई लिएर विरोध प्रदर्शन अहिले चरम सीमामा पुगेको छ ।

मिनेसोटामा ४६ वर्षीय जर्ज फ्लायडको हिरासतमा भएको मृत्युपछि अमेरिकामा हिंस्रक प्रद्धर्शनीहरु सुरु भएका हुन् । यो विरोध प्रद्धर्शनको प्रभाव अहिले ह्वाइट हाउससम्म पुगिसकेको छ । तर अश्वेतमाथि भएको दुर्व्यवहारलाई लिएर अमेरिकामा विरोध प्रदर्शन भएको यो पहिलोपटक भने होइन ।

यसको इतिहास धेरै पुरानो छ । विशेषगरी अश्वेतमाथि प्रहरीको दुरव्यवहार धेरै पुरानो रवैया हो । प्रहरीद्वारा भएका हिंसाहरुको रेकर्ड राख्ने एउटा संगठन म्यापिङ पुलिस भायलेन्सको अनुसार २०१३ देखि २०१९ को बीचमा अमेरिकी प्रहरीको कारावाहीमा परेर ७,६६६ अश्वेतहरु मारी सकेका छन् । यो आँकडा एकदमै आश्चर्यचकित पार्ने किसिमको छ ।

अमेरिकामा अश्वेतहरुको जनसंख्याको कूल जनसंख्याको १३ प्रतिशत मात्र छ । तर प्रहरीबाट उनीहरुमाथि भएको हमलाको संख्या धेरै छ । आँकडाको अनुसार श्वेत अमेरिकीहरुको तुलनामा २.५ गुणा बढी अश्वेतहरु प्रहरीको गोलीको शिकार भईसकेका छन् ।

म्यापिङ पुलिस भायलेन्सका अनुसार वर्षमा एउटा पनि यस्तो महिना बितेको छैन जसमा प्रहरीको हातबाट कुनै अश्वेत नागरिकको मृत्यु नभएको होस् । औसतमा अधितम २७ दिनसम्म प्रहरीको हातबाट कुनै अश्वेत मारिएका छैनन् । अझ २०१९ को डिसेम्बरमा एक दिनमा नै ९ भन्दा धेरै अश्वेत नागरिकहरुको मृत्यु भएको थियो ।

यसबीच २५ मेदेखि मेरिकाको मिनियापोलिसमा भएको विरोध प्रदर्शनले प्रहरी हिंसालाई रोक्न माग गर्दै आईरहेको छ ।

गत २५ मे मा मिनियापोलिसका प्रहरीहरुले जर्ज फ्लाँयडलाई नक्कली नोट चलाएको आरोपमा हिरासतमा लिएका थिएए । भाइरल भएको एउटा भिडियोमा प्रहरीले जर्जको गर्धनमा करिब आठ मिनेट जति आफ्नो घुँडा टेकाएका थिए त्यसपश्चात जर्जलाई स्वास प्रश्वासमा नै समस्या भएको थियो । जर्ज मिनियापोलिसको एउटा रेस्टुरेन्टमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय