scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

विश्वभरीका खेलाडीहरुले यसरी साझा गरे रंगभेदविरुद्धको प्रतिक्रिया


एजेन्सी, २० जेठ । ४६ वर्षीय जर्ज फ्लायडको मृत्युपछि पुरै अमेरिकाका अहिले विरोध प्रदर्शनको आगोमा जलिरहेको छ । २५ मेदेखि मिनियापोलिसदेखि सुरु भएको उक्त विरोधको लहर विश्वभरी फैलिसकेको छ ।

हरेक क्षेत्रका ठूला हस्तीहरुले खुलेर यो विषयमा बेलिरहेका छन् । यसबीच क्याराबियन क्रिकेटर क्रिस गेलले पनि आफ्नो विचार व्यक्त गरेका छन् ।

क्रिस गेलले सामाजिक सञ्जाल साइट इन्स्टाग्राममा स्टोरी शेयर गरेका छन् । उक्त स्टोरीमा उनले लेखेका छन्, ‘हरेक व्याक्ति जस्तै अश्वेत मासिनहरुको जीवनको पनि महत्व छ । नस्लवादी मानिसहरुलाई लाज लाग्नु पर्छ । मैले विश्वभरीको यात्रा गरेछु र आफैले पनि नस्लवादी टिप्पणीको अनुभव गरेको छु किनभने म अश्वेत हुँ । फुटबलमा मात्र रंगभेद हुँदैन क्रिकेट पनि यसबाट अछूत छैन । टिममा पनि अश्वेत भएको अनुभव गराइन्छ । मैले यो छडीको अन्तिम सिरा पाइसकेको छु । अश्वेत अझ शक्तिशाली । अश्वेत र गर्व ।’

लस एन्जलस लेकर्सका बास्केटबल खेलाडी, लेबरन जेम्स, बोस्टन सेल्टिक्सका जेलेन ब्राउन, ड्रेटाँयट पिस्टन्सका कोच ड्वेनले प्रहरी दमनविरुद्ध विरोध जताइसकेका छन् ।

यस्तै पूर्व बास्केटबल खेलाडी माइकल जोर्डनले पनि ट्वीट गरेर आफ्नो संवेदना र आक्रोश व्यक्त गरेका छन् ।

यसअघि लोकप्रिय अमेरिकी युवा टेनिस खेलाडी कोको गफले पनि फ्लाँयडको मृत्युपछि भिडियो शेयर गर्दै अर्को पटक मेरो पालो त हैन भनेर प्रश्न गरेकी थिइन् ।

जर्मनीका फुटबल क्लब बोर्सिया डर्टमण्डका खेलाडीहरु फ्लाँयडको हत्या मा बुंदेसलिगामा पैडरबर्नको विद्धको म्याचमा ‘जस्टिस फर फ्लाँयड’ लेखिएको टि शर्ट लगाएर खेलमा उत्रिए ।

यसअघि बोरुसिया मुंचेनग्लैडबैकका खेलाडी मार्कस थूरमले युनियन बर्लिनको विरुद्धको म्याचमा गोल गरिसकेपछि फ्लाँयडको यादमा घुँडा टेकेर बसेका थिए ।

दिग्गज टेनिस खोलाडी सेरेना विलियम्सले पनि रंगभेदको विरुद्धमा एउटा भिडियो शेयर गरिन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय