scheduleशनिवार आषाढ़ २० गते, २०७७

एयर कन्डिसनको गलत तापमानले पुर्‍याउँछ स्वास्थमा नकरात्मक असर


एजेन्सी, २० जेठ । गर्मीको महिना सुरु भइसकेको छ । बढ्दो तापमानको समस्याबाट छुटकारा पाउन मानिसहरु एयर कुलरको सहारा लिइरहेका छन् । धेरै शितल पाउनका लागि मिनसहरुले एसीको तापमानलाई धेरै कमि गरिदिन्छन् । यस्तो गर्दा मानिसहरुलाई कहिलेकाँही ठण्डी गर्मीको समस्या उत्पन्न हुनसक्छ ।

राती शितलमा राम्ररी निदाउनका लागि हामी एसीको एडजस्टरबाट तापमानलाई मिलाएर सुत्ने गर्छौं । तर कोठाको गलत तापमानले हाम्रो स्वास्थलाई नकरात्मक असर पार्दछ ।

विज्ञानको अनुसार रातमा हाम्रो कोठाको तापमान १९ डिग्री सेल्सियस हुनु पर्दछ । यति तापमानमा न धेरै चिसो न धेरै गर्मी हुन्छ । १९ डिग्री सेल्सियसको रुम टेम्प्रेचरमा सुत्न पनि सजिलो हुन्छ ।

कोठामा गलत तापमान रह्यो भने यसले हाम्रो निद्रालाई खराब बनाउँछ ।

कोठामा राती राम्ररी निदाउनका लागि तपाईले एसीको अलावा बेडरुमलाई अध्याँरो र शान्त राख्नुपर्छ । यसको साथै आफ्नो ओच्छ्यान पनि आरामदायक हुनुपर्छ । विशेषगरी गर्मीको मौसममा कटनको बेडसिट प्रयोग गर्नुहोस् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय