scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ, २० जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको न्युन चापिय क्षेत्रको आंशिक प्रभाव छ साथै, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ। हाल देशै भरी आशिंक बदली रहने महाशाखाले जनाएको छ ।

दिउँसोः पहाडी भूभागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभाग का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बागमति प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भूभागहरुमा सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। देशको प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय