scheduleसोमवार आषाढ़ २९ गते, २०७७

अमेरिकामा कोरोना भाइरस, एकैदिन ७३० जनाभन्दा बढीको मृत्यु

काठमाडौँ, २० जेठ । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन ७३० जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा विस्तारै कमी आएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९२५ पुगेको छ ।

त्यस्तै सोमबार झण्डै २२ हजार बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १८ लाख ५९ हजारभन्दा बढी पुगेको छ ।

६ लाख १५ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १७ हजारको अवस्था गम्भीर रहेको छ ।

थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन ।

देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा कफुर्यु आदेश जारी गरेका छन् ।

त्यस्तै केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

अफ्रिकीमूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो । उनलाई एक स्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो ।

सयौँ मानिसहरूले ४६ वर्षीय फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए ।

यसरी आन्दोलन हुँदा कोरोना संक्रमण फैलिने सम्भावना उत्तिकै रहने अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय