scheduleसोमवार आषाढ़ २९ गते, २०७७

भारतमा कोरोना भाइरस, संक्रमितको संख्या झण्डै २ लाख पुग्यो

काठमाडौँ, २० जेठ । भारतमा कोरोना भाइरसका कारण सोमबारमात्रै २०० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ५ हजार ६०८ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार सोमबारमात्रै ७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म १ लाख ९८ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

झण्डै ९५ हजार संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

नेशनल फोर्स टाक्सले भारतमा कोरोना भाइरस कम्युनिटीमा फैलिने खतरा भएको बताएको छ । कोरोना नियन्त्रण गर्ने कार्यमा मोदी सरकार फेल खाएको समेत उनीहरुले एउटा रिपोर्ट पेश गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय