scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

जर्ज फ्लोइड मृत्यु प्रकरणः लिभरपुलका खेलाडीहरुले गरे न्यायको माग

काठमाडौँ, २० जेठ । प्रिमियर लिग क्लब लिभरपुलका खेलाडीहरुले ४६ वर्षिय अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि चर्किएको विरोध प्रदर्शनको समर्थन गरेका छन् । उनीहरुले फ्लोइडले न्याय पाउनु पर्ने भन्दै समर्थन गरेको बताइएको छ ।

सोमबार मैदानमा अभ्यासका क्रममा लिभरपुलका खेलाडीहरुले फ्लोइडले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् ।

एनफिल्ड अभ्यासका क्रममा लिभरपुलका खेलाडीहरुले मैदानको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर विरोध जनाए ।

यस अघि अन्य क्लबका खेलाडीहरुले समेत विरोध जनाइसकेका छन् ।

अमेरिकाको मिनियापोलिस शहरमा मे २५ का दिन फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनको मृत्यु भएको थियो ।

प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो । उक्त तस्बिर भाइरल भएपछि अमेरिकामा विरोध प्रदर्शनले उग्र रुप लिएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय