scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

आरबी लेइप्जिगको सानदार जित

काठमाडौँ, २० जेठ । गएराति भएको जर्मन बुण्डेस लिगामा आरबी लेइप्जिगले एफसी कोल्नलाई ४–२ गोलले पराजित गर्न सफल भएको छ । आरबी लेइप्जिगले पहिलो हाफमा दुई गोल गर्न सफल भएको थियो ।

कोल्नका लागि सातौँ मिनेटमा कोर्डोबाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको २० औँ मिनेटमा आरबीका लागि प्याट्रिक सेकले बराबरी गोल फर्काए । एकुन्कुले खेलको ३८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

टिमो वर्नरले खेलको ५० औँ मिनेटमा आरबीका लागि तेस्रो गोल गरे । तर, खेलमा फर्कन हरसम्भव प्रयास गरेको कोल्नका लागि खेलको ५५ औँ मिनेटमा मोडेस्टले गोल गरे । तर, ५७ औँ मिनेटमा ओल्मोले गोल गरेपछि आरबीले ४–२ गोलको जित हात पार्यो ।

योसँगै आरबीले २९ खेलबाट ५८ अंक जोडेको छ । ११ औँ स्थानमा रहेको कोल्नको २९ अंक रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय