scheduleसोमवार आषाढ़ २९ गते, २०७७

गण्डकी प्रदेशमा संक्रमतिको संख्या ३७ पुग्यो

गण्डकी, २० जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ३७ पुगेको छ । थप १० जनामा कोरोना संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ पुगेको हो । स्याङ्जा र पर्वत जिल्लामा गरि १० जना कोरोना संक्रमित थपिएका हुन् ।

स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० बर्षका ४ जना पुरुष र बिरुवा गाउँपालिका ठेगाना भई सोहि क्वारेन्टाइनमा रहेका २० बर्षिय १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसै गरी पर्वत जिल्ला, फलेबास नगरपालिका घर भएका कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० र ४० बर्षिय २ जना पुरुष र महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ बर्षिय ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि हो ।

उनीहरु सबैलाई अहिले जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देनालय गण्डकीका निर्देक विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय