scheduleआइतवार आश्विन ११ गते, २०७७

संगीतकार वाजिद खानको मृत्यु कोरोनाका कारण भएको पुष्टि

काठमाडौँ, २० जेठ । बलिउडका चर्चित गायक तथा कम्पोजर वाजिद खानको निधन कोभिड १९ का कारण भएको पुष्टि भएको छ । ४३ वर्षको उमेरमा उनको सोमबार निधन भएको थियो । केही दिन अगाडि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनी मुम्बई सिटी हस्पिटलमा भर्ना भएका थिए ।

केही वर्षदेखि उनलाई किड्नीको समस्या रहेको थियो । उनको किड्नी ट्रान्सप्लान्ट पनि गरिएको थियो ।

चारदिनदेखि भेन्टिलेटरमा रहेका उनको उपचारका क्रममा निधन भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय