scheduleआइतवार आषाढ़ २८ गते, २०७७

घर जान पाउने माग गर्दै क्वारेन्टिनमा बसेकाहरु आन्दोलित

काठमाडौं, २० जेठ । झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् ।

अहिले लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा ४२ जनालाई राखिएको छ । बीपी प्रतिष्ठानले रिपोर्ट दिन ढिलो गर्दा तनाव भएको र क्वारेन्टाइनमा बसेकाहरु भाग्न खोजिरहेका कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले बताए ।

क्वारेन्टिनमा बसेका र कोरोना कोरोना रिपोर्ट पोजेटिभ आएकामध्ये १७ जना संक्रमित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरी गएराति डिस्चार्ज भएका छन् ।

१७ जना कोरोना संक्रमित विरामी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भइसक्दा पनि आफूहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय