scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

बैतडीको क्वारेन्टाइनमा रहेकी २२ वर्षीया युवतीको मृत्यु

बैतडी, २० जेठ । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको ज्यान गएको छ । पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा नजिकै घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दले बताए ।

केही दिनअघि मात्रै भारतबाट आएकी उनी घर नजिकैको क्वारेन्टाईनमा बसेकी थिईन । ती युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक जानकारी आफूले प्राप्त भएको प्रहरी निरीक्षक चन्दले बताए ।

अहिले मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ । परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय