scheduleआइतवार आश्विन ११ गते, २०७७

कोरोनाका २९ संक्रमित थपिए

सुर्खेत, २० जेठ । मंगलबार थप २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुर्खेतको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सुर्खेत, सल्यान र अछामका  २९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुर्खेतको वीरेन्द्रनगरका ११ जना, सल्यानको दार्मा गाउँपालिकाका १०, अछामका ९ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का ८ जना पुरुष, ३ का ३ जना पुरुष,सल्यानको दार्मा गाउँपालिका १ का १ जना पुरुष, वडा नम्बर २ र ३ का २/२ जना पुरुष, वडा नम्बर ४ का चार जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै  सुर्खेतमा स्वाब परीक्षण गरिएका अछामको मंगलसेन नगरपालिका–४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका–४ का ६ जना पुरुष र २ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय