scheduleआइतवार आश्विन ११ गते, २०७७

बाँके दुर्घटना : मृतक र घाइते सबैमा कोरोना ‘नेगेटिभ’

नेपालगन्ज, २० जेठ ।  बाँकेमा आइतबार भएको सडक दुर्घटनामा परी मृत्यु भएका र घाइते भएका ३३ जना सबैको कोरोना रिपोर्ट नगेटिभ आएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।

उनीहरू भारतका विभिन्न ठाउँबाट आएकाले सोमबार भेरी अस्पतालमा सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिएको थियो ।

नेपालगन्जको जमुनाहा नाकाबाट दाङ्गतर्फ हिँडेको यात्रुबाहक फोर्स भ्यान बाँकेको अगैयानजिकै बिग्रेर रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

डाक्टर थापाका अनुसार कोरोनाको आशंकामा अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर उनीहरूको स्वाब संकलन गरिएको थियो ।

घाइतेहरूलाई अस्पतालमा ल्याइए लगत्तै इमरजेन्सी वार्ड सिल गरेर घाइतेहरुको उपचार सुरु गरिएको थियो । कोरोना रिपोर्ट नगेटिभ आएपछि घाइतेहरुको उपचारमा र मृतकहरूको शव आफन्तलाई बुझाउन सहज भएको भेरी अस्पतालले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय