scheduleसोमवार आषाढ़ २९ गते, २०७७

काठमाडौँ जिल्ला प्रशासनको पास अब लकडाउनभर चल्ने

काठमाडौँ, २० जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौले उपत्यकाका लागि गत जेठ २ गते जारी गरेको निलो रंगको पास अव नवीकरण गर्नु नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर मान्य हुने जनाएको  छ ।

त्यस्तै काठमाडौ प्रशासनले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ । यसअघि त्यस्ता पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो ।

त्यस्तै सवारी पासका लागि कार्यलय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले यहि जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन र पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय