scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

क्वारेन्टाइनमा एक युवतीको मृत्यु

बैतडी, २० जेठ ।  बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका–४ स्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा सोही ठाउँ घर भएका २२ वर्षका युवतीको सोमबार साँझ मृत्यु भएको हो ।

उनी केही दिनअघि मात्रै भारतबाट आएको र दमको बिरामी भएको नगरपालिकाका प्रमुख मोहनराज जोशीले जानकारी दिए । कारोना परीक्षणको रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय