scheduleसोमवार आषाढ़ २९ गते, २०७७

कोरोनाको ‘इपिसेन्टर’ बन्दै कर्णाली प्रदेश, यस्तो छ संक्रमणको अवस्था

दैलेख, १९ जेठ । पछिल्लो समय कर्णाली प्रदेश कोरोना भइरस संक्रमणको केन्द्रबिन्दु बन्दै गएको छ । कर्णलीमा पनि सबैभन्दा बढी प्रभावित दैलेख जिल्ला बनेको छ । दैलेखमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको हो ।

भारतीय नाकाबाट जिल्ला भित्रिने नागरिकको संख्या बढ्दै गएपछि उनीहरुलाई कसरी कहाँ राख्ने भन्ने विषयमा र कोरोना परीक्षणका लागि पठाएको स्वाबको रिपोर्ट समयमा नआउँदा समस्या हुन थालेको छ । क्वारेन्टाइनमा रहेकाको समयमा रिपोर्ट नआउँदा उनीहरुबाट अरुलाई पनि कोरोना संक्रमण हुने डर बढेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।

सरकारको स्वास्थ्य मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन गर्ने र यो अवधिमा पीसीआर टेष्ट गर्नुपर्ने हो । तर, समयमा रिपोर्ट नआउँदा अब द्रुत विधिबाट परीक्षण गर्ने निष्कर्षमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । कर्णाली प्रदेशमामा कोरोना संक्रमितको संख्या अहिलेसम्म दुइ सय ६२ पुगेको छ भने नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ सय ९५ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय