scheduleआइतवार आषाढ़ २८ गते, २०७७

ग्यास चुहिएर आगलागी हुँदा दुईको मृत्यु

काभ्रेपलाञ्चोक, २० जेठ । कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोककाे बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएको थिए ।

घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार गराइरहेकोमा २६ वर्षका रुकेश शाह ठकुरी र १६ वर्षका आयुष ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जाकारी दिए ।

घाइतेमध्ये शोफिया ठकुरी, रचना ठकुरी र मनिष शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको र उनीहरुकाे अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । आगलागीबाट कोठाको ढोका र झ्यालमा क्षति पुगेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय