scheduleसोमवार आषाढ़ २९ गते, २०७७

सोती घटनामा बेपत्ता भएका ६ जनाकै शव भेटियो

रुकुम पश्चिम, २० जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका ६ जनाकाे शव भेटिएको छ । मंगलबार थप एक जनाको शव फेला परेसँगै बेपत्ता भएका ६ जनाकै शव भेटिएको हो ।

मंगलबार भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव भेटिएको हो । शाहीको शव जाजरकोटको भेरी नगरपालिका १२ को खोदा खोलानजिक भेटिएको उनका आफन्तले बताएका छन् ।

भेरी नगरपालिका ४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला भएको घटनामा ६ जनाले ज्यान गुमाएका हुन् ।

गाउँमा हुल बाँधेर खराब नियतका साथ आएकाहरुलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरुले बताएका छन् । मृतकका आफन्तले भने गाउँलेले ढुङ्गामुढाले हानेर मारेको आरोप लगाएका छन् ।

मृतकका आफन्तजनले घटनामा संलग्न २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु भएका छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय