scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

रुकुम घटनाको निष्पक्ष छानबिन गर्न झलनाथ खनालको माग

काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरीष्ठ नेता झलनाथ खनालले यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको निपष्क्ष छानविन गरी दोषीलाई कडा कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन् ।

घटनाबाट आफू स्तब्ध भएको जनाउँदै उनले निकालेको विज्ञप्तिमा गृह मन्त्रालयले गठन गरेको समिति र मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले गर्ने छानबिन न्यायिक, निश्पक्ष, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रही न्याय दिलाउन माग गरे ।

उनले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिनेगरी भएको उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा उनले सम्पूर्ण दलित तथा पीडित समुदायको साथमा सरकार रहेको समेत बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय