scheduleसोमवार आषाढ़ २२ गते, २०७७

काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

काठमाडौं, २० जेठ । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

तीन महिला र एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । २४ देखि ३२ वर्षीया तीन महिला र २८ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

चार स्वास्थ्यकर्मीसहित मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ११८ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई हजार ९९ पुगेको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय