scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

ट्रम्पको पोस्टलाई बचाउ गरेपछि जुकरवर्गमाथि खनिए अधिकारकर्मीहरू


एजेन्सी, २१ जेठ । हिंसालाई प्रश्रय दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक पोस्टमाथि कुनै कारबाही नगर्ने मार्क जुकरवर्कको निर्णयलाई अधिकारकर्मीहरुले आलोचना गरेका छन् ।

राष्ट्रपति ट्रम्पले फेसबुक पोस्टमार्फत खुलेआम लुटेराहरुलाई गोली हान्ने धम्की दिएका थिए । ‘राष्ट्रपति ट्रम्पको पोस्टमाथि कारावाही नगर्ने निर्णयबारे मार्क जुकरवर्गले दिएको स्पष्टिकरणले हामीलाई दुखित तुल्याएको छ,’ भानिता गुप्ता, सेरियलिन आईफिल र रसाद रोबिसनले वक्तव्यमा भनेका छन् ।

‘ऐतिहासक तथा आधुनिक समयका मतदातामाथि गरिने दमनबारे उनले आफ्नो बुझाईलाई प्रद्धर्शन गरेका छैनन् । साथै प्रदर्शनकारीहरुविरुद्ध ट्रम्पको हिंसात्मक आह्वानलाई फेसबुकले बढावा दिइरहेको कुरा स्वीकार गर्न उनले अस्वीकार गरेका छन्,’ उनीहरुले भनेका छन् ।

‘मार्कले त्यस्ता व्यक्तिहरुका लागि नजिर बसाल्दैछन् जसले भोलिको दिनमा फेसबुकमा त्यस्तै किसिमको घातक अभिव्यक्ति वा हर्कत गर्नेछन्,’ वक्तव्यमा भनिएको छ ।

सोमबार साँझ ती तीनजना अधिकारकर्मी नेताहरुले फेसबुकका सीईओ मार्क जुकरवर्ग, फेसबुकै सीईओओ सेश्रयल स्याण्डवर्गलाई भेटेका थिए । उक्त भेटमा ट्रम्पको बिहीबारको पोस्टलाई लिएर छलफल भएको थियो । ट्रम्पले उक्त पोस्टमा मिनिपोलिस क्षेत्रमा सैन्य हस्तक्षेपको संकेत गर्दै, ‘लुटपाट सुरु भए गोलीबारी सुरु हुन्छ’ भनेर धम्की दिएका थिए ।

उक्त पोस्टलाई फेसबुकमा राखिनु अघि ट्वीटरमा राखिएको थियो । तर ट्वीटरले त्यस किसिमको हिंसालाई बढावा दिने पोस्टमाथि कडा नीति अख्तियार गरेको छ ।

यसैकारण उनको पोस्ट ट्वीटरमा पोस्ट भएको थिएन । फेसबुकको प्लेटफर्ममा उक्त पोस्टलाई जुकरवर्ग आफैंले व्यक्तिगत रुपमा बचाउ गरेका थिए । उनले राज्यले शक्ति प्रयोगका लागि दिने चेतावनीलाई फेसबुकले अनुमति दिने नीति रहेको बताएका थिए ।

जुकरवर्गको त्यस्तो निर्णयलाई सोमबार धेरै कर्मचारीहरुले भर्चुअल रुपमै विरोध जनाएका थिए । सयौं कर्मचारीहरुले विरोधस्वरुप आफ्नो डिजिटल टूललाई डाउन गरेका थिए ।

फेसुबककै कर्मचारीहरुले ट्वीटरजस्ता प्लेटफर्म प्रयोग गरी आफ्नो असहमति र राग व्यक्त गरेका थिए । त्यस लगत्तै ट्वीटरका त्यस्ता पोस्टहरुलाई कम्पनीका वरिष्ठ कर्मचारीहरुले पनि समर्थन गरेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय