scheduleशनिवार आषाढ़ २७ गते, २०७७

ट्वीटरमा लाइभ आउन अपनाउनुहोस् यो स्मार्ट आइडिया

एजेन्सी । माइक्रोब्लगिङ प्लेटफर्म ट्वीटरमा पनि अन्य सामाजिक सञ्जालमा जस्तै लाइभ गरेर साथीभाईहरुसँग जोडिन सकिन्छ । साथै प्रयोगकर्ताहरुले ट्वीटरमा शर्ट भिडियो, हाईलाइट्स र ब्रोडकास्ट समेत शेयर गर्न सक्छन् । आज हामी तपाईलाई ट्वीटरका यस्ता टिप्सहरु बारे बताउँदै छौं ।

ट्वीटरमा लाइभ भिडियो सुरु गर्न सबैभन्दा पहिले आफ्नो ट्वीट कम्पोज बक्समा जानुहोस् । त्यसपछि क्यामेरा अनमा ट्याप गर्नुहोस् । क्यामेरा आईकनमा तपाईले ट्याप गरेपछि लाइभ अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ ट्याप गरेर तपाई लाइभ आउन सक्नुहुन्छ । भिडियो सकिसकेपछि स्टप मा ट्याप गरेर लाइभ फिडलाई एड गर्नसक्नुहुन्छ । साथै तपाईले आफ्नो ट्वीटरको होम टाइमलाइनमा कुनै पनि लाइभ भिडियो खोज्न सक्नुहुन्छ ।

ट्वीटरमा पनि तपाई लाइभ भिडियो फीडमा कुनै पनि प्रयोगकर्तासँग इंगेज हुनसक्नुहुन्छ । त्यसका लागि तपाई ट्वीट कम्पोज बक्समा गएर लाइभ जान सक्नुहुन्छ । त्यसपछि तपाईले आफ्नो ब्रोडकास्टमा भ्यूअर्सलाई जोइन गर्ने रिक्वेस्टलाई पनि अनुमति दिनसक्नुहुन्छ । यसका लागि तपाईले गो लाइभको नजिक बनेको फेस बटनलाई ट्याप गर्नुपर्छ । यसरी तपाईले आफ्नो लाइभ ब्रोडकास्टमा जो कसैलाई पनि जोइन गराउन सक्नुहुन्छ । यस्तै कुनै विशेष व्याक्तिलाई भयूअरको रुपमा चयन गर्न चाहानुहुन्छ भने भ्यूअर्समध्ये त्यो व्याक्तिको नाममा टाइप गरेर इनभाइट गर्न सक्नुहुन्छ ।

लाइभ भिडियोको यसरी गर्ने व्यवस्थापन

तपाईले आफ्नो लाइभ भिडियोलाई दुई तरिकाबाट शेयर गर्नसक्नुहुन्छ । लाइभ आईसकेपछि तपाईले ट्वीट वा सिधा म्यासेजको लिंक शेयर गरेर आफ्नो लाइभ भिडियोलाई जोकोहीँसँग शेयर गर्नसक्नुहुन्छ । दोस्रो तरिका भनेको तपाईले लाइभ भिडियोलाई कुनै ट्वीटरको रिप्लाईमा पनि लिंकको मार्फत शेयर गर्नसक्नुहुन्छ ।

यस्तै ट्वीटर एप प्रयोगकर्ताहरुले लाइभ भिडियोको थम्बनेल इमेजलाई पनि परिवर्तन गर्नसक्छन् । साथै आफ्नो लाइभ भिडियो ब्रोडकास्टमा कस्टम स्टार्टिङ प्वाइन्ट पनि राख्न सक्छन् । तर यसका लागि लाइभ ब्रोडकास्ट सकिने समय कुर्नुपर्छ । ब्रोडकास्ट सकिएपछी एडिट ब्रोडकास्टमा ट्याप गरेर आफ्नो ब्रोडकास्टलाई आफ्नो इच्छा अनुसार क्रप गरी शेयर पनि गर्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय