scheduleमगलवार आषाढ़ २३ गते, २०७७

अमेरिकामा कोरोना भाइरस, एकैदिन ११३४ जनाभन्दा बढीको मृत्यु

 

काठमाडौँ, २१ जेठ । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन ११३४ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा विस्तारै कमी आएको छ । तर, मंगलबार भने मृत्यु हुनेको संख्या अधिक रह्यो । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ८ हजार ५९ पुगेको छ ।

त्यस्तै मंगलबार झण्डै २२ हजार बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १८ लाख ८१ हजारभन्दा बढी पुगेको छ ।

६ लाख ४५ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १७ हजारको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकहरूले सर्वेक्षणका क्रममा बताएका उल्लेख सर्वेक्षण रिपार्टमा उल्लेख छ ।

कोरोना भाइरसलाई समयमा नै नियन्त्रण गर्न नसक्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्र तथा नागरिकको दैनिकीमा पनि देखिन थालेकोले ट्रम्पको ख्याति कोरोना भाइरसको महामारीपूर्वभन्दा घटेको निष्कर्ष वासिङ्टन पोष्ट–एबीसी न्यूज सर्वेक्षण प्रतिवेदनको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय