scheduleमगलवार आषाढ़ २३ गते, २०७७

ब्राजिलमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, २१ जेठ । ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन १२१२ जनाभन्दा बढी  संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म ३१ हजार २७८ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । मंगलबारमात्रै २७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

हालसम्म संक्रमितको संख्या ५ लाख ५६ हजार पुगेको छ । त्यस्तै २ लाख ४० हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

सरकारले यो महामारीको अवस्थामा उपचार पनि दिन नसकेको भन्दै अधिकारीहरुले आलोचना गरेका छन् । औषधि अभावका कारण पनि संक्रमितले ज्यान गुमाएको अधिकारीहरुले जनाएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय