scheduleमगलवार आषाढ़ २३ गते, २०७७

भारतमा कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

काठमाडौँ, २१ जेठ । भारतमा कोरोना भाइरसका कारण मंगलबारमात्रै २२१ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ५ हजार ८२९ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार मंगलबारमात्रै ८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म २ लाख ७ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै १ लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

नेशनल फोर्स टाक्सले भारतमा कोरोना भाइरस कम्युनिटीमा फैलिने खतरा भएको बताएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय