scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

विश्वभर कोरोना भाइरस, ३० लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किए

काठमाडौँ, २१ जेठ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ७८ हजारभन्दा बढी पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ३० लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

५४ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । यो भाइरसले पछिल्लो समय लेटिन अमेरिकन देशहरुमा भयावाह स्थिति सिर्जना गरेको छ ।

भाइरस नियन्त्रणका लागि १५० भन्दा बढी टोलीको वैज्ञानिकहरु भ्याक्सिन बनाउन लागि परेका छन् । तर, हालसम्म ठोस सफलता पाउन सकेका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय