scheduleसोमवार आषाढ़ २९ गते, २०७७

फ्लोइड हत्या प्रकरणः चेल्सीका खेलाडीहरुले समेत गरे न्यायको माग

काठमाडौँ, २१ जेठ । प्रिमियर लिग क्लब चेल्सीका खेलाडीहरुले अमेरिकी नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा विरोध जनाएका छन् । उनीहरुले जर्जले न्याय पाउनुपर्ने भन्दै प्रशिक्षण गर्ने मैदानमा घुँडा टेकेर विरोध जनाएका हुन् ।

केही दिन अगाडि लिभरपुलका खेलाडीहरुले समेत जर्जले न्याय पाउनुपर्ने भन्दै सांकेतिक रुपमा विरोध जनाएका थिए ।

मे २५ मा अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो । उक्त घटनापछि अमेरिकाभर प्रदर्शन जारी भइरहेको छ । रंगभेद भएको भन्दै पुरै अमेरिका भर प्रदर्शन भएको हो ।

प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो ।

पछिल्लो समय अमेरिकामा मात्र नभई पुरै विश्वभर जर्जलाई न्याय दिलाउन प्रदर्शन हुन थालेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफुलाई निर्वाचनमा हराउन षड्यन्त्र भएको भन्दै टिप्पणी दिदै आइरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय