scheduleसोमवार आषाढ़ २९ गते, २०७७

जुन १७ अगाडि प्रिमियर लिग क्लबहरुले मैत्रीपुर्ण खेल खेल्न सक्ने

काठमाडौँ, २१ जेठ । प्रिमियर लिग क्लबहरुले लिग सुरु हुनुभन्दा अगाडि मैत्रीपुर्ण खेल खेल्न पाउने भएका छन् । मार्चदेखि प्रिमियर लिगका खेलहरु स्थगित रहेका छन् । तर, जुन १७ बाट प्रिमियर लिग सुचारु हुने भएपछि खेलाडीहरुको मनोवल उच्च बनाउन र खेलमा फिट रहन मैत्रीपुर्ण खेल खेल्न पाइने अनुमति दिइएको हो ।

लामो समयदेखि खेलाडीहरुले खेल खेल्न पाएका छैनन् । एक्कासी खेल खेल्दा समस्या नहोस् भनेर उनीहरुलाई उच्च सतर्कताकाबीच खेल खेलाउन सकिने बताइएको छ ।

तर, केही खेलाडीहरुले भने उच्च लयमा खेल्न नसकिने बताएका छन् । चेल्सीका खेलाडी ओलिभर जिरोर्डले अब खेलिने खेलहरुमा खेलाडीहरुले शतप्रतिशत दिन नसक्ने बताएका छन् ।

त्यस्तै लिभरपुल क्लबका फिजिसियनले यो अवस्थामा धेरै खेलाडीहरु घाइते हुनसक्ने बताएका छन् ।

यस सिजन लिभरपुल लिगको शिर्ष स्थानमा रहेको छ । २५ अंकले अग्रता बनाएको लिभरपुल दुई खेल जितेमा उपाधि जित्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय