scheduleसोमवार आषाढ़ २९ गते, २०७७

लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले खेलाडीहरुलाई दिए यस्तो सुझाव

काठमाडौँ, २१ जेठ । प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले आफ्ना खेलाडीहरुलाई माक्स र ग्लोभ्स लगाएर हिड्न सुझाव दिएका छन् । जुन १७ बाट प्रिमियर लिग सुचारु हुने तयारीमा रहेको छ । लिग लिडर लिभरपुल प्रिमियर लिगको शिर्षस्थानमा रहेको छ ।

यस सिजन उपाधि जित्ने दाउमा रहेको लिभरपुल आफ्ना सबै खेलाडी फिट राख्न चाहन्छ । भिडभाडमा नजना र माक्स र ग्लोभ्सको प्रयोग गर्न क्लपले आफ्ना खेलाडीहरुलाई सुझाव दिएका हुन् ।

सुचारु हुन गइरहेको खेलमा लिभरपुलले इभर्टनसँग खेल खेल्दैछ ।

३० वर्षपछि लिभरपुल प्रिमियर लिगको उपाधि जित्ने तयारीमा रहेको छ ।

उनले बिबिसी मिडियासँग भनेका छन्, ‘कोही खेलाडी पनि संक्रमित नहुन् भन्ने मेरो चाहना हो । सबै खेलाडीलाई सुरक्षित वातावरणमा खेलाउन सबैले तयारी गर्नुपर्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय