scheduleसोमवार आषाढ़ २९ गते, २०७७

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुग्यो

गण्डकी, २१ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरमा बुलिङटार गाउँपालिका ठेगाना भै कपिलवस्तु जिल्ला, बाडगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका १६ वर्षिय युवामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनको चितवनको भरतपुर उपमहानगरपालिका स्थित कोरोना अस्पतालमा उपचार भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय