scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

अमेरिकाको ४० सहरमा कर्फ्यू

एजेन्सी, २१ जेठ । अश्वेत नागरिकको मृत्युपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न अमेरिकाले ४० सहरमा कर्फ्यू लगाएको छ । अफ्रिकी मूलका एक जना अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि रंग विभेदको विरुद्ध अमेरिकाका लाखौं नागरिक आन्दोलनमा उत्रिएका छन् ।

जसले गर्दा स्थिति तनावग्रस्त बनेको छ भने २ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाको मुख्य सहरहरुमा प्रदर्शन बढ्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरी र सेना परिचालन गर्ने बताएका छन् ।

अफ्रिकाबाट अमेरिका आएका जर्जको मिनियापोलिस सहरमा त्यहाँका प्रहरीले गत मे २५ मा घुडाले गर्दन थिच्दा मृत्यु भएको जर्जका पारिवारिक स्रोतले बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय