scheduleमगलवार आषाढ़ ३० गते, २०७७

कोरोना संक्रमित भेटिएपछि गाउँ नै सिल गरेर निषेधाज्ञा जारी

धादिङ, २१ जेठ । जिल्लाको सिद्धलेक-५ कि २३ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण भेटिएपछि उनको गाउँ नै सिल गरिएको छ । गाउँको सम्भावित जोखिमलाइ ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले हिटी गाउँ आसपास सिल गरेको हो ।

सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमना सिलवालसहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त गाउँलाई सिल गरी निषेधाज्ञा जारी गरिएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङका अनुसार डा नं ५ कुम्पुर हिटी गाउँको पुर्वमा गनगने चौतारा, पश्चिममा चिप्ले डाँडा, उत्तरमा सुकौरा खोला र दक्षिणमा आँख्ले चौतारोबीचको सीमाक्षेत्रलाई सिल गरिएको हो ।

कोेरोनाको संक्रमण देखिएकी महिला गत जेठ १४ गते सुत्केरी हुने दिन पुगेपछि जिल्ला अस्पताल धादिङबेसी आएकी थिइन् । उनलाइ आफन्तले थप उपचारको लागि थापाथली स्थित प्रसुतिगृहमा उपचार गराउन लगेकोका थिए ।

गाउँकी स्थानीय महिलालाई कोरोनाको संक्रमण देखिएपछि उनको यात्रा विवरण र उनीसंग सम्पर्क भएका व्यक्तिहरुको विवरण गाउँपालिकाले निकाल्न थालेको छ । ‘वडा अध्यक्ष दिल बहादुर घलेको संयोजकत्वमा संक्रमित महिलाको यात्रा विवरण र संम्पर्क भएका ब्यक्तिहरुको खोजपहिचान कार्य सुरु गरेका छौँ,’ सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले भने ।

उक्त गाउँमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । आगामी जेठ २४ गते रातिसम्म गाउँमा कसैलाई पनि पस्न नदिइने र गाउँबाट बाहिर निस्कन पनि नदिइने गाउँपालिकाले जनाएको छ । संक्रमित महिलाको सम्पर्कमा आएका सवै ब्यक्तिहरुको पिसीआर परीक्षण गराएपछि मात्रै त्यसको नजिताको आधारमा आगामी कामहरु अघि बढाइने अध्यक्ष सिलवालले जानकारी दिए ।

ती महिलालाई काठमाडौं गएपछि कोरोनाको संक्रमण भयो कि धादिङ हुँदैमा संक्रमण थियो भन्नेमा सरकारी निकायहरु अस्पष्ट छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय