scheduleआइतवार आषाढ़ २८ गते, २०७७

क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु

डडेल्धुरा, २१ जेठ । डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ।

गन्यापधुरा गाउँपालिका १ स्थित असिग्राम आधारभुत विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको वडाध्यक्ष चेतराज भट्टले जानकारी दिए।

भट्टका अनुसार भारतबाट आएकी ती महिला आफ्ना श्रीमान, एक छोरा र एक छोरीसँगै क्वारेन्टाइनमा बसेकी थिइन्। उनीहरु केही दिनअघि भारतको पञ्जाबबाट आएका हुन्।

मृतक महिलाको स्वाब संकलनको लागि अहिले स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय