scheduleआइतवार आश्विन ११ गते, २०७७

पत्रकार न्यौपानेलाई पितृ शोक

एसपी यादव/ सर्लाही, २१ जेठ । नेपाल पत्रकार माहसंघ सर्लाही शाखाका पुर्व सह-सचीव तथा वर्तमान सदस्य ईन्द्र न्यौपानेलाई पितृ शोक परेको छ ।

न्यौपानेका बुबा ९२ वर्षिय हरि प्रसाद न्यौपानेको मंगलबार बिहान लालबन्दी नगरपालिका- ९ बस्तिपुर स्थित घरमा निधन भएको हो । उनि लामो समय देखि श्वासप्रश्वास तथा दमको रोगबाट ग्रसित थिए ।

मंगलबार दिउँसो ३ बजे नै बागमतीको कर्मैया घाटमा बुबाको दाहसंस्कार गरिएको पत्रकार न्यौपानेले जनाए ।

दाह संस्कारमा नेकपाका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्त, पुर्व महिला तथा बालबालिका मन्त्री बद्री न्यौपाने र जिल्लाका पत्रकारहरु लगायत सुभेच्छुकहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय