scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

कोरोनाका कारण पाकिस्तानमा एक मन्त्रीको मृत्यु

काठमाडाैं, २१ जेठ । पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट एक मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशोधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरे लगतै आज निधन भएको हो ।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी पीपीपी को कराँची अध्यक्ष समेत रहेका थिए । उनि २०१६ मा विधानसभा सदस्य चुनिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय