scheduleमगलवार आषाढ़ २३ गते, २०७७

लकडाउनको मोडालिटी लगायत विषयमा विज्ञ र सरोकारवालासँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र लकडाउनको मोडालिटी लगायतबारे विज्ञ तथा सरोकारवालासँग छलफल गरेका छन् ।

बुधबार साँझ बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले २५ जना जनस्वास्थ्य, आर्थिक क्षेत्र र अन्य सरोकारवाला निकायका विज्ञहरुसँग छलफल गरेका हुन् ।

यस्तै कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले स्वास्थ्य संकटकाल लागू गर्ने तयारी गरेको छ। यसबारे पनि प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेका थिए।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्यव समितले पनि प्रधानमन्त्री समक्ष लकडाउनको मोडालिटीमा हेरफेर गर्नुपर्ने प्रस्ताव गरेको छ। नेपालमा लकडाउन भएको ७२ दिन पुगिसकेको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय