scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

अमेरिकी अश्वेत व्यक्तिको हत्यामा ट्रोलको शिकार बन्दै बलिउड अभिनेत्रीहरु


एजेन्सी, २२ जेठ । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लाँयडको प्रहरीद्वारा हत्यापछि माहौल तात्तिएर अहिले ४० शहरमा कर्फ्यू जारी भएको छ । यो विरोध प्रदर्शनलाई हरेक क्षेत्रका हस्तीहरुले खुलेर समर्थन गरिरहेका छन् ।

यसबीच यसै विषयमा बलिउड अभिनेत्री करिना कपूरले पनि सामाजिक सञ्जालमा एउटा पोस्ट शेयर गरिन् । उनले जर्ज फ्लाँयडका लागि न्याय माग गर्दै सबै रंग सुन्दर भएको कुरा लेखेकी थिइन् । अर्को पोस्टमा करिनाले टाइम म्याग्जिनको एउटा पुरानो एडिटेड कवर शेयर गर्दै फ्लाँयडका लागि न्यायको माग गरिन् । तर उनको यस्तो पोस्टलाई कतिपयले मन पराएनन् र उनी ट्रोलको शिकार हुन पुगिन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘भारतमा स्थिति अझ बढी खराब छ किनभने धेरै लोकप्रिय सेलेब्सहरु गोरो छालाजन्य सामग्रीलाई बढावा दिन्छन् । जसले नस्लीय भेदभावलाई दर्शाउँछ । कृपया उनीहरु भएको ठाउँमा जानुहोस्, उनीहरुलाई शिक्षित बनाउनुहोस् र यस्तो विज्ञापनलाई बढावा दिने काम बन्द गर्नुहोस् । आफ्नो छालाको रंगमा खुशी हुनुहोस् ।’

अर्का प्रयोगकर्ताले गोरोपनका लागि लक्सको विज्ञापन गरेको आरोप लगाएका छन् ।

यस्तै अभिनेत्री दिशा पटानीले पनि सबै रंग सुन्दर हुने भन्दै पोस्ट शेयर गरेकी छिन् । उनलाई पनि करिनालाई जस्तै ट्रोलको शिकार बनाइएको छ । यस्तै जब प्रियंकाले उक्त मामिलाबारे पोस्ट गरिन् तब सामाजिक सञ्जालमा मानिसहरुले अभिनेत्रीले आफ्नो देशको मामिलामा नबोल्ने तर अमेरिकाको मामिलामा अभियन्ता बन्ने भनेर ट्रोल बनाएका छन् ।

फ्लाँयडका लागि न्याय माग्दै हलिउडका धेरै सेलिब्रेटीहरु बियोन्से, कार्डी बी, टेलर स्विफ्ट, जोन बोयेगा, जोन चिडो, स्टीव कोरैल, निक जोनस, प्रियंका चोपडा, रिहाना, बेला हादीद र जैनेल मौने जस्ता सेलिब्रेटी पनि विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय