scheduleमगलवार आषाढ़ ३० गते, २०७७

प्रहरी प्रमुखले भने- ट्रम्प, तपाईंलाई रचनात्मक कुरा गर्न आउँदैन भने चुप बस्नुस्


एजेन्सी, २२ जेठ । जर्ज फ्लाँयडको मृत्युपछि नश्लीय दमनविरुद्ध उठेको लहरले अहिले अमेरिका अस्तव्यस्त छ । ४० शहरमा अहिले कर्फ्यू लागेको छ ।

यी विरोध प्रदर्शनले स्वभाविकरुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिन्तालाई पनि बढाई दिएको छ ।

वर्षको अन्त्यमा अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदैछ । एकातिर अमेरिकामा कोरोनासँग लड्न चुकेको कारण ट्रम्प आलोचनाको घेराभित्र फँसेका छन् र अर्कोतिर नयाँ हिंसात्मक आन्दोलनले उनको सत्तालाई नै धरापको स्थितिमा पुर्‍याईरहेको छ ।

बढ्दो हिंसालाई चेतावी दिदैँ ट्रम्पले राज्यका गर्भनरहरुले स्थिति नियन्त्रण गर्न सकेनन् भने शान्ति स्थापनाका लागि सेना परिचालन गर्ने बताएका छन् ।

यस्तै उनले अमेरिकी नागरिक जर्ज फ्लाँयडको मृत्युको बाहानालाई अवसरमा बदलेर एन्टीफाले दंगा भड्काएको आरोप लगाईरहेका छन् । साथै उनले फाँसीवाद विरोधी समूह एन्टीफालाई आतंकवादी संगठन घोषणा गर्ने बताएका छन् ।

यसबीच अमेरिकाको एक प्रमुख शहर ह्यूस्टनका प्रहरी प्रमुख आर्ट अक्वेडोको बयान चर्चामा आएको छ । उनले एक न्युज च्यानलसँग बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुप लागेर बस्न सल्लाह दिएका छन् ।

अक्वेडोले भनेका छन्, ‘म यो मुलुकको प्रहरी प्रमुखको तर्फबाट अमेरिकी राष्ट्रपतिलाई यदि तपाई ढंगले कुरा गर्नसक्नुहुँदैन भने आफ्नो मुख बन्द राख्नुहोस् भनेर सुझाव दिन चाहान्छु ।’

अक्वेडोले २०२० मा राष्ट्रपति ट्रम्पले मानिसहरुलाई खतरामा पुर्‍याएको बताएका छन् । उनले यस्तो अवस्थामा मानिसहरुको मन जित्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘देशभरी प्रहरी तथा मानिसहरु घाइल भएका छन् । यस्तो अवस्थामा हामीलाई नेतृत्वको खाँचो छ तर नेतृत्वले हामीलाई दुखि बनाईरहेको छ । तपाई एउटा राष्ट्रपति हुनुहुन्छ र आफ्नो ओहोदा अनुसारको निर्णय लिनुहोस् । यो हलिउड होइन । यो वास्तविक जीवन हो र यो अहिले खतरामा छ ।’

यो भिडियो अहिले तिब्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र मानिसहरु प्रहरी अधिकारीको प्रशंसा र ट्रम्पको आलोचना गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय