scheduleसोमवार आषाढ़ २९ गते, २०७७

ब्राजिलमा कोरोना कारण भयावह स्थिति, एकैदिन १२६९ जनाभन्दा बढीको मृत्यु

काठमाडौँ, २२ जेठ । ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन १२६९ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म ३२ हजार ५४७ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बुधबारमात्रै २७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

हालसम्म संक्रमितको संख्या ५ लाख ८३ हजार पुगेको छ । त्यस्तै २ लाख ६६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

सरकारले यो महामारीको अवस्थामा उपचार पनि दिन नसकेको भन्दै अधिकारीहरुले आलोचना गरेका छन् । औषधि अभावका कारण पनि संक्रमितले ज्यान गुमाएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय