scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

बार्सिलोनाका खेलाडी डेम्बेलेलाई लिभरपुलले लोनमा ल्याउने प्रस्ताव राख्यो

काठमाडौँ, २२ जेठ । प्रिमियर लिग क्लब लिभरपुल पछिल्लो समय विंगरको खोजीमा रहेको छ । यसैक्रममा लिभरपुलले बार्सिलोनाका विंगर ओउमाने डेम्बेलेलाई लोनमा अनुबन्ध गर्न प्रस्ताव गरेको बताइएको छ ।

लिभरपुलले स्थायी रुपमा किन्ने प्रस्तावका साथ उनलाई लोनमा ल्याउन प्रस्ताव गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

त्यस्तै युभेन्ट्सले पनि उनलाई अनुबन्ध गर्न चाहेको छ ।

बार्सिलोनामा अनुबन्ध भएयता उनी धेरै पटक घाइते भइसकेका छन् ।

क्लब पनि उनलाई अफलोड गर्न चाहेको बताइएको थियो । उनलाई अफलोड गर्न सके नयाँ खेलाडी अनुबन्ध गर्न बार्सिलोनालाई बाटो खुल्ने समिक्षकहरु बताउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय