scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

‘राफा बेनेटिजलाई मुक्का हान्ने अवस्थामा पुगेको थिए म’

काठमाडौँ, २२ जेठ । पुर्व लिभरपुल गोलरक्षक जर्जी डुडेकले प्रशिक्षक राफा बेनेटिजबारे टिप्पणी गरेका छन् । उनले सन् २००५ को च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई जिताउन विशेष भुमिका खेलेका थिए ।

पहिलो हाफमा ३ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा तीन गोल फर्काउन सफल भएको थियो । पेनाल्टी सुटआउटमा लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो ।

त्यस समय डुडेक उच्च फर्ममा रहेका थिए । तर, राफाले नयाँ गोलरक्षक पेपे रेनालाई अनुबन्ध गरेपछि उनी पहिलो रोजाईको गोलरक्षकमा पर्न असफल भए । अन्ततः उनले खेल्ने मौका अत्यन्त कम पाए ।

बेन्चमा बस्दाबस्दा दिक्दार भएका उनले क्लब छोड्ने निर्णय गरे । उनले क्लब छोड्नु अघि राफालाई मुक्का हान्न समेत आफु तयार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘त्यस समय म मेरो करिअरको उचाईमा रहेको थिए । तर, राफाले मेरो कुरा बुझ्न सकेनन् । उनलाई म मुक्का हान्न समेत पछि नपर्ने अवस्था सिर्जना भएको थियो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय