scheduleसोमवार आश्विन ५ गते, २०७७

कोरोना संक्रमणबाट थप १ को मृत्य, मृतकको संख्या १० पुग्यो

काठमाडौं, २२ जेठ । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका  निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

कोभिडको आंशका गर्दै उनको शव व्यवस्थापन गरिएको थिएन ।

यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरमा एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाको एक गरी १० जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय