scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

पर्वतका ४ जना संक्रमित आइसोलेसनमा भर्ना

पर्वत, २२ जेठ । पर्वतमा कोरोना संक्रमित भएका चार जनालाई आज आइसोलेसनमा भर्ना गरिएको छ । फलेवास नगरपालिका दुइ थापाठानाका दुई जना र बिहादी गाउँपालिका चार ठाँटीका दुई जना गरि चार जनालाई पर्वत अस्थाई कोरोना अस्पतालमा भर्ना गरिएको हो ।

संक्रमित हुने २१ वर्षका दुइ जना, २४ वर्षका एक जना र २८ वर्षका एक जना रहेका छन् । भारतबाट फर्किएका उनीहरुको पाँच दिन अगाडी स्वाव परिक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाइएकोमा आज उनीहरुमा कोरोना संक्रमण भएको रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उनीहरु सबै भारतबाट फर्किएपछि कुश्माबजारको बन्दना होटलको क्वारेण्टाईनमा रहेका थिए । क्वारेन्टाईनबाट संक्रमण देखिएकालाई आईसोलेसनमा भर्ना गरिएको  हो । पर्वतमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय